काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध परेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।
आज सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार शर्माको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ तोकिएको थियो । दुवैको रिटमाथि भोलि पुनः सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखिएको हो ।
जेनजी आन्दोलनबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा ओली र लेखकलाई पक्राउ गरिएको थियो ।
त्यसपछि गैेर कानुनी रुपमा पक्राउ गरिएको भन्दै ओलीका हकमा पत्नी राधिका शाक्य र लेखकको हकमा पत्नी यशोधा लेखकले रिट दायर बन्दी प्रत्येक्षीकरणको रिट दायर गरेका थिए ।
यसअघि भएको सुनुवाइमा सर्वोच्चले ओली र लेखक पक्राउ गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको थियो ।
यता ओली र लेखकको तेस्रोपटक म्याद थपका लागि अदालतमा सुनुवाइ भइरहेको छ ।
जसका लागि लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ भने टिचिङ अस्पतालमा उपचाररत् ओलीलाई भने भर्चुअल विधिबाट उपस्थित गराइएको छ ।
दुवैजनालाई हिरासतमा राखेर अनुसन्धानका लागि यसअघि ५ र २ दिन गरी ७ दिन म्याद थप गरिएको थियो ।