Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिरासतमुक्त भएपछि पूर्वगृहमन्त्री लेखकले भने- कानुनी र राजनीतिक लडाइँ जारी रहन्छ

हिरासतमुक्त भएपछि पूर्वगृहमन्त्री लेखकले भने- कानुनी र राजनीतिक लडाइँ जारी रहन्छ

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं। १३ दिनको हिरासतपछि रिहा भएका पूर्वगृहमन्त्री रमेश लेखकले कानुनी र राजनीतिक लडाइँ जारी राख्ने बताएका छन्। 

बिहीबार हिरासतमुक्त भएका कांग्रेस नेता लेखकले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफू रिहा भएको जानकारी गराउँदै यस्तो भनेका हुन् ।

जेनजी आन्दोलनका घटना छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रही’ भन्दै लेखकले  प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाएर नियन्त्रणमा राखेको बताएका छन् ।

'गत भाद्र २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरू, अधिकारकर्मी, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू, शुभचिन्तक साथीहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु,' लेखकले फेसबुकमा लेखेका छन् ।

लेखकले कानुन पालना गर्ने र न्यायमा विश्वास गर्ने भन्दै आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार पनि व्यक्ति गरेका छन् । 

उनले थप लेखेका छन्- 'साथै परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु। म कानुन पालना गर्ने र न्यायमा विश्वास गर्दछु। बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077