Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यादेश जारी गर्ने कि नगर्ने अन्योलमा राष्ट्रपति, कानुनविद्सँग परामर्श गर्दै

अध्यादेश जारी गर्ने कि नगर्ने अन्योलमा राष्ट्रपति, कानुनविद्सँग परामर्श गर्दै

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । सरकारले सिफरिस गरेका अध्यादेशका सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेल आज कानुनविद्हरूसँग परामर्श गर्ने भएका छन्। 

राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि संविधान र कानुनविद्हरूलाई आज अपराह्न ४ बजे संविधानविद्हरूलाई शीतल निवास बोलाएका छन्।

छलफलमा महान्यायाधिवक्तासँगै संवैधानिक कानुनका जानकारहरूलाई खबर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापीलगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित ६ अध्यादेश सिफारिस गरेको छ।

गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए । 

तर संसद् अधिवेशन चलिरहेका बेला अध्यादेश ल्याउन नमिल्ने भएपछि सरकारले रोकेको थियो। 

यता संसद छलेर सरकार अध्यादेशको बाटोमा लागेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

जसको विरोध गर्दै हिजै चार विपक्षी दलहरूले अध्यादेश फिर्ता लिएर तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए ।

त्यसैले अध्यादेश जारी गर्ने कि नगर्ने भन्ने निर्णय लिनुअघि राष्ट्रपति पौडेल कानुनविद्हरूसँग परामर्श लिन लागेका हुन्। 

सरकारले अध्यादेशमार्फत् ४० भन्दा धेरै कानुन संशोधनको तयारी गरेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077