ठूला रेलमार्ग निर्माण प्रक्रियालाई गति दिने सरकारको योजना
काठमाडौं । सरकारले सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने घोषणा गरेको छ ।
सरकारका तर्फबाट आज संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने–‘सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने छ ।’
नेपाल सरकारले सन्तुलित कूटनीति अपनाउने उल्लेख गरे । छिमेकी र मित्र राष्ट्रहरूसँग बहुपक्षियताको आधारमा सम्बन्ध हुने उल्लेख गरेका छन् ।
राष्ट्रपतिले विदेशस्थित नियोग मार्फत ब्रान्ड नेपाल अभियान चलाउने उल्लेख छ । पर्यटन पूर्वाधारमा विदेशी लगानी ल्याइउने पनि उल्लेख गरेका छन् ।
ठूला रेलमार्ग निर्माण प्रक्रियालाई गति दिने सरकारको योजना
सरकारले ठूला रेलमार्ग निर्माण योजनालाई नीति तथा कार्यक्रम समेटेको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई निरन्तरता दिइने बताएका हुन् ।
केरुङ–काठमाडौं तथा रक्सौल–काठमाडौं रेलमार्गको लगानी मोडालिटी लगायत विषयमा अध्ययन अगाडि बढाइने उनले बताए । दिगो र प्रतिस्पर्धी यातायात प्रणाली विकास गरिने उनले उल्लेख गरे ।