Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश

शुक्रवार , जेठ १, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले सरकारी खर्चमा वर्षेनी बढ्दै गएको बेरुजुले सार्वजनिक निकायहरूको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कमजोर बन्दै गएको बताएका छन् । 

उनले वित्तीय अनुशासन कायम गर्न सार्वजनिक निकायका पदाधिकारीहरू थप जिम्मेवार र जवाफदेही बन्नुपर्ने आवश्यक रहेको बताए । 

राष्ट्रपतिले अनियमित सरकारी खर्चलाई निरुत्साहित गर्दै आर्थिक अनुशासन कायम गर्न सके मुलुकमा सुशासन, दिगो विकास, शान्ति र समृद्धिप्रतिको युवा पुस्ताको आकांक्षा पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

साथै वार्षिक प्रतिवेदनमा उठाइएका विषयहरूले सम्बन्धित निकाय तथा सरोकारवालाहरू थप जिम्मेवार बन्न प्रेरित गर्ने उनको भनाई छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077