Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज मौरिसस जाँदै परराष्ट्रमन्त्री खनाल

आज मौरिसस जाँदै परराष्ट्रमन्त्री खनाल

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणका रूपमा आज मौरिसस प्रस्थान गर्दै छन् ।

उनी मौरिससमा आयोजना हुने इन्डियन ओसियन कन्फ्रेन्सको नवौँ संस्करणमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । सम्मेलन चैत २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

भारतको विदेश मन्त्रालय र इन्डिया फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजना गरिएको यस कार्यक्रममा भारतका विदेशमन्त्री एस जयशंकर सहभागी हुनेछन् । 

नवौँ इन्डियन ओसियन कन्फ्रेन्समा भाग लिने क्रममा मौरिससमा परराष्ट्रमन्त्री खनाल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077