झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।
लिङ्देनले बिहीबार बिहान हल्दिबारी गाउँपालिका १ नम्बर वडा कार्यालय गोलधाप बुथको (ख) केन्द्रबाट मतदान गरेका हुन् ।
झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका लिङ्देन पाँचौँ पटक चुनावी मैदानमा छन् ।
उनले दुवै पटक नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजय गरेका थिए।