झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवारमा सिफारिस भएका छन् ।
पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको शनिबार सम्पन्न बैठकले उनको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
यसअघि उनी सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।