Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लिङ्देनको बाचा - बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ

लिङ्देनको बाचा - बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ

शनिवार , फाल्गुण २, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि पार्टीले ‘नैतिकताको राजनीति’ गर्ने स्पष्ट घोषणा गरेका छन्।

शनिबार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र (संकल्पपत्र) सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले ‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’ भन्ने संकल्पका साथ जनतामाझ जाने बताएका हुन्।

घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा अध्यक्ष लिङ्देनले राप्रपाका कुनै पनि निर्वाचित प्रतिनिधि तथा पदाधिकारी भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता जनाउँदै भ्रष्टाचारविरुद्ध कठोर नीति लिने बताएका छन्।

उनले भने,
‘हामी पद र प्रतिष्ठाका लागि आफ्नो इमान र मुलुकको भविष्य बेच्दैनौँ। राजनीतिक रूपमा समाप्त हुन तयार छौं, तर भ्रष्टाचार गरेर जनतालाई धोका दिने छैनौँ।’

राप्रपाले आफ्नो संकल्पपत्रमा भ्रष्टाचारलाई सामान्य अपराध नभई राष्ट्रघाती अपराध को रूपमा व्याख्या गर्दै यसको जरो उखेल्न संरचनात्मक परिवर्तन आवश्यक रहेको उल्लेख गरेको छ।

पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि केवल भाषण र नाराले नपुग्ने भन्दै राज्य संयन्त्रमा व्यापक सुधार तथा निगरानी प्रणाली सुदृढ गर्ने खाका अघि सारेको छ।

घोषणापत्रमा राप्रपाले २०४६ सालपछि लाभको पदमा बसेका सबै उच्च पदस्थ नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने कडा प्रस्ताव अघि सारेको छ।

यसका लागि पार्टीले एक शक्तिशाली उच्चस्तरीय नागरिक आयोग गठन गर्ने जनाएको छ। आयोगमार्फत अवैध रूपमा आर्जित सम्पत्ति पहिचान गरी जफत गरेर राष्ट्रियकरण गर्ने घोषणापत्रमा उल्लेख छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077