Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेलबाट भागेको घटनामा मानव अधिकार आयोगले लियो रवि लामिछानेको बयान

जेलबाट भागेको घटनामा मानव अधिकार आयोगले लियो रवि लामिछानेको बयान

बुधवार , पौष २३, २०८२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लिएको छ ।

२३ र २४ भदौको घटनामा अनुसन्धान गरिरहेको आयोगले वुधबार आयोगमा बोलाएर लामिछानेको बयान लिएको हो ।

आयोगले लिलि थापाको नेतृत्वमा जेनजी आन्दोलनको समयमा भएका घटनाहरुको अध्ययन गरिरहेको छ ।

जेनजी आन्दोलनका क्रममा लामिछानेको संलग्नता, नख्खु जेलबाट निस्किएको घटनालगायत विषयमा लामिछानेसँग बयान लिइएको बताइएको छ ।

यही क्रममा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसम्मको बयान लिइसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077