Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि–बालेन मिलेपछि बास्कोटाको व्यंग्य - अब कुलमान र प्रचण्ड मिल्न बाँकी !

रवि–बालेन मिलेपछि बास्कोटाको व्यंग्य - अब कुलमान र प्रचण्ड मिल्न बाँकी !

आइतवार , पौष १३, २०८२

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सात बुँदे सहमति भएपछि व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले अब उज्यालो नेपालका कुलमान घिसिङ र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिल्न बाँकी रहेको जस्तो देखिएको बताए ।

बास्कोटाले लेखेका छन्,'रवि–बालेन मिलेछन्। अब कुलमान–प्रचण्ड बाँकी रहे जस्तो देखियो। त्यो पनि होला झै लाग्छ।'

रवि र बालेनबीच भएको सहमतिमा पार्टीको नाम, चुनाव चिह्न र नेतृत्व यथावत् राख्दै बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने व्यवस्था गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077