Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कागजी प्रक्रियाका कारण रविले आजको रात नख्खु कारागारमै बिताउनु पर्ने, भोली मात्रै छुट्ने

कागजी प्रक्रियाका कारण रविले आजको रात नख्खु कारागारमै बिताउनु पर्ने, भोली मात्रै छुट्ने

बिहिवार , पौष ३, २०८२

काठमाडौं । सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलास आज रिहा गर्न आदेश दिएपनि उनी भोली मात्रै छुट्ने भएका छन् ।

ललितपुस्थित नक्खु कारागारमा रहेका सभापति लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराउनु पर्ने भएकाले उनी भोली मात्रै रिहा हुने भएका हुन् । उनलाई भोली (शुक्रबार) मात्रै रुपन्देही लगिने भएको छ।

उच्चको आदेश अनुसार उनलाई अब जिल्लामै उपस्थित गराउनु पर्ने र प्रक्रिया पूरा गरेर रिहा हुनेछन् ।

[insert page='382809' display='yopanipadhnuhos.php']

उच्च अदालत तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार रविले पहिल्यै बैंक जमानत बुझाइसकेकाले अब कागजी प्रक्रिया पूरा गर्न मात्रै बाँकी छ। अदालती कामका लागि लामिछाने भोली विहानै भैरहवा जाने बताइएको छ ।

उनले यसअघि जिल्ला अदालतमा जमानत लिएर रिहा गर्न माग गर्दै बैंक ग्यारेन्टी पनि बुझाएका थिए। तर जिल्लाले त्यसरी छाड्न नमिल्ने भन्दै अस्वीकार गरेको थियो।

त्यसपछि रवि यही माग लिएर उच्च अदालत पुगेका हुन्। उच्च अदालतका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई विभिन्न सर्तसहित रिहा गर्न आदेश दिएको हो।

आदेश अनुसार रविले जिल्ला अदालतले सुरुमा माग गरेको एक करोड धरौटी, बिगोबापतको २ करोड ७४ लाख ८४ हजार जमानत बुझाउनु पर्नेछ। यस्तै पछि फैसला हुँदा धरौटी र बिगोबापतको जमानतभन्दा बढी फैसला भएको खण्डमा पनि स्वीकार गर्नुपर्नेछ।

२०८१ माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर त्यसविरुद्ध दुवै पक्ष उच्च अदालत पुगेका थिए। उच्च अदालतले २०८१ चैतमा रविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

त्यसपछि उनलाई भैरहवा कारागार चलान गरिएको थियो। उनले आफूलाई कारागार सरुवा गर्न माग गर्दै निवेदन दिएपछि उनलाई रुपन्देही कारागारबाट साउन ३१ गते काठमाडौँ कारागार सरुवा गरिएको थियो। त्यसपछि लामिछाने नक्खु कारागारमै छन्।

सुप्रिम सहकारीमा रवि, छविलाल जोशी र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूले सहकारीको ५५ करोड रुपैयाँ भन्दा बढी रकम अपचलन गरेको अभियोग छ।

रवि, छवि र जीबीसहित चार जनाले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ। रविले यही बिगो भाग लगाउँदा आफ्नो भागमा पर्ने जम्मा गरेर रिहा गर्न माग गरेका थिए। जसलाई उच्च अदालतले स्वीकार गरेको हो।

तर, उच्चले छविलाई भने रिहाइ गर्न अस्वीकार गरेको छ । जोशीको धरौटी बराबरको रकम राखेर रिहा हुने निवेदन रितपूर्वक पेस नभएको भन्दै उच्चले यस्तो आदेश गरेको हो । उच्च अदालतले आज गरेको आदेशमा छविलाई पनि निवेदन पेस गरेमा पछि निर्णय हुने उल्लेख गरेको छ ।

जोशीको हकमा भने पुनः जिल्लामा फर्कने बाटो मात्रै खुल्ला गरिदिएको छ। छविको हकमा रविले जस्तै भैरहवा जिल्ला अदालतमा गएर आफूले तिर्नुपर्ने रकम बराबरको बैंक ग्यारेन्टी बुझाएर प्रक्रिया गरेका थुनामुक्तको आदेश हुन सक्ने जनाएको छ ।

जिल्ला अदालत रुपन्देहीलाई जोशीले सक्कल प्रमाणसहित निवेदन दिएमा पुनः विचार गर्न उच्चको आदेश छ। जोशीलाई सुरु थुनछेक आदेशमै जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको थियो।

त्यतिबेला रवि लामिछानेलाई भने एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनीहरुको एउटै मुद्दा र बिगो पनि उस्तै हो। रवि आफैँले दिएको निवेदनमा पनि १० करोड विगो चार जनालाई भाग लगाउँदा परेको व्यहोर्ने भनेका थिए । जीबी राई भने अझै फरार छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077