Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

आइतवार , कार्तिक ३०, २०८२

मकवानपुर । मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानास्थित बुङ्दल खोला पुलनजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति भएको दुर्घटनामा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरूको पहिचान भने अझै खुल्न बाँकी छ।

प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार बाप्र ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल झण्डै ४०–५० मिटर तल बुङ्दल खोलामा खसेको अवस्थामा फेला परेको थियो । आज बिहान स्थानीयवासीले मोटरसाइकल देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

सूचना पाएसँगै प्रहरी टोली घटनास्थल पुगेको र दुर्घटनाबारे विस्तृत विवरण संकलन भइरहेको एसपी बोहोराले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077