Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बिहिवार , फाल्गुण २८, २०८२

कञ्चनपुर। कञ्चनपुरमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको से १ ज १४०५ बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । 

दुर्घटनामा परी  मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

दुवै जनाको परिचय खुल्न बाँकी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077