Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

सर्लाहीमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

बिहिवार , फाल्गुण ७, २०८२

सर्लाही । सर्लाहीमा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ मा बुधबार राति भएको दुर्घटनामा सर्लाहीकै हरिपुर्वा  नगरपालिका–९ मिर्चैया बस्ने ३० वर्षीय मुकेश राय र सोही ठाउँका ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनास्थलमा अचेत अवस्थामा फेला परेका उनीहरूको मलंगवास्थित प्रादेशिक अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा सर्लाहीकै हरिपुर्वा नगरपालिका–९ बस्ने २२ वर्षीय विक्रम राय र रामविश्वास राय सामान्य घाइते भएका छन् । 

उनीहरूलाई लालबन्दीस्थित मोडल अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै तीनवटै मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077