Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

शनिवार , चैत्र २८, २०८२

बाँके । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले कोहलपुरको भित्री सडकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार जाजरकोट छेडागाउ नगरपालिका–५ का ५७ वर्षीया देवीसरा रावतको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

सो घटनामा मोटरसाइकल चालक उनका छोरा सुदीप रावत गम्भीर घाइते भएका छन् । प्रनाउ पातलीका अनुसार स्थानीय गुरुवा गाउँदेखि हवलदारपुरतर्फ गइरहेको कर्णाली प्रदेश ०२–००१ ब ०३६१ नम्बरको मोटरसाइकललाई हवलदारपुरबाट गुरुवागाउतर्फ गइरहेको भे १ ख ३२३२ नम्बरको टिपरले अक्कलघरवामा ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुदीप रावतको नेपालगञ्जस्थित सञ्जिवनी अस्पतालमा भइरहेको उल्लेख छ । उनको छाती र टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ ।

दुर्घटनापछि फरार भएका टिपर चालक बाँके राप्ति सोनारी–९ निवासी टेकबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077