Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते

आइतवार , चैत्र १, २०८२

सुनसरी । जिल्लाको हरिनगर गाउँपालिका–१ मा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयकाले जनाएको छ ।

भुटहाबाट हरिनगरतर्फ गइरहेको प्रदेश०१–०२–०५७प ४८९९ नम्बरको मोटरसाइकललाई उखु लिएर आइरहेको स१ज ४९१४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय २५ वर्षीय दीपक दास र मिथुन दास गम्भीर घाइते भएका थिए । 

गम्भीर घाइते दीपकको उपचारका क्रममा मृत्यु भएको हो । अर्का घाइते मिथुनको विराटनगरमा उपचार भइरहेको छ । 

ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077