Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कञ्चनपुरमा २ मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु

कञ्चनपुरमा २ मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु

बिहिवार , बैशाख २४, २०८३

कञ्चनपुर । कञ्चनपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

शुक्लाफाटा नगरपालिका-८ स्थित भित्रि सडक खण्डमा म.२ प ५०५५ नम्बरको मोटरसाइकल र से.६ प ५९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा से.६ प ५९१३ नम्बरको मोटरसाइकल चालक  शुक्लाफाटा नगरपालिका-८ पारीफाटाका ४५ वर्षीय मिन बहादुर जागरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। उपचारको क्रममा बुधबार बेलुका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँका ५५ वर्षीय मंगल महरा र म‍.२ प ५०५५ नम्बरको मोटरसाइकल चालक शुक्लाफाटा नगरपालिका-८ पारीफाटाका ४२ वर्षीय  कम्मान सिह ठगुन्ना घाइते भएका छन्।

उनीहरूको  मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको थप अनुसन्धान थालेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077