Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिआइबीका ठूला अप्रेसन फेल हुँदै, साधारण तारेखमा छुटे भट्टचन

सिआइबीका ठूला अप्रेसन फेल हुँदै, साधारण तारेखमा छुटे भट्टचन

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गरेका पछिल्ला अप्रेसनहरु अनुसन्धान पूरा नहुँदै फेल हुन थालेका छन् । सिआइबीले ठूला माछा भनेर समातेका पूर्वसांसद देवीप्रकाश भट्टचन साधारण तारेखमा छुटेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले उनलाई थुनामा राख्न नपर्ने भन्दै छाड्ने आदेश दिएको हो । त्यसलगत्तै उनी छुटेका छन् । भट्टचन एक साताअघि पक्राउ परेका थिए ।

प्रभु मेनेजमेन्ट र प्रभु रेमिटबिचको आर्थिक विवादमा उनी पक्राउ परेका हुन् । जसमा भट्टचन र कुसुम लामाबीच लामो समयदेखि विवाद चल्दै आएको थियो ।

जसमा सरकारी वकिल कार्यालयले उनलाई थुनामा राख्न नपर्ने आदेश दिएपछि सिआइबीको अनुसन्धानलाई धक्का लागेको छ ।यसअघि सिआइबीले हात हालेका ठूला घटना पनि विवादमा परेका छन् ।

यती समूहको थामसेर्कुको जग्गा प्रकरणमा प्रश्न उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत तामेलीमा राखेको विषयमा अनुसन्धान थालेपछि चर्चाका लागि अनुसन्धान गरेको आरोप लागेको छ ।

जसमा सिआइबीले पूर्वसहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । त्यस्तै, यसअघि आरजु राणाका भाई भूषण राणाको घरमा छापा हानेको विषय पनि विवादमा परेको थियो ।

जावलाखेलस्थित राणाको घरमा सिआइबीले एक महिनाअघि छापा हानेको थियो । जसमा केही भेटिएन । तर्साउनका लागि मात्र छापा हानेको आरोप सिआइबीमाथि लागेको छ ।

त्यस्तै, सिआइबीले पक्राउ गरेका कान्तिपुर भेटका सञ्चालक ऋषि बडाल बडाल पनि सामान्य धरौटीमा छुटिसकेका छन् ।
यसरी सिआइबीले ठूला फाइल खोलेको भनेर चर्चा गरेपनि प्रमाण त्यसअनुसार जुटाउन नसक्दा उनीहरु छुटिरहेका छन् ।

सिआईबी प्रमुख एआईजी मनोज केसीले चर्चा कमाउन हचुवाको भरमा मुद्दा चलाएर बित्तिय क्षेत्रमा आतंक मच्चाएको आरोप लागेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077