Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घनश्याम र रामकुमारीसहित ६ नेतामाथि माधवको कारबाही

घनश्याम र रामकुमारीसहित ६ नेतामाथि माधवको कारबाही

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्र र  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित १० दलको एकताका दिन माधवकुमार नेपालले ६ नेतामाथि कारबाही गरेका छन् ।

तत्कालीन एकीकृत समाजवादीका अध्यक्ष नेपालले घनश्याम भुसाल र रामकुमारी झाक्रीसहितका नेतामाथि कारबाही गरेका हुन् ।

पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको नीति, विचार, सिद्धान्त र कार्यक्रम मिल्ने पार्टीसँग एकता गर्ने भन्ने निर्णयको उल्लघंन गरी भेला तथा पत्रकार सम्मेलन गरेको भन्दै  नेपालले भुसाल र झाक्रीसहित दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्ण कुमार श्रेष्ठ (किसान)लाई कारबाही गरेका छन्।

पार्टीको नाम र पद प्रयोग गरी भेला, बैठक, पत्रकार सम्मेलन वा कुनै पनि गतिविधि गरेमा कारबाही हुने उनले उल्लेख गरेका छन्। 

कारबाही पत्रमा यही कात्तिक १९ गतेको मिति उल्लेख भएको छ। त्यसदिन माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १० दलबीच एकता घोषणा गरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077