काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
राजधानीको मिराकल भेन्युमा बुधबारदेखि सुरु भएको बैठकमा नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।
राजनीतिक प्रतिवेदनमा नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भएपनि स्पष्ट आधार नभई पार्टी एकता सम्भव नभएको बताएका छन् ।
उनले भनेका छन्- 'कम्युनिस्ट एकता आजको आवश्यकता हो । किनभने समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता पर्छ ।'
पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुनुपर्ने, समाजवादी कार्यदिशा अँगाल्नुपर्ने, नेपाली विशेषताको समाजवादी कार्यक्रम अङ्गीकार गर्नुपर्ने र साम्राज्यवाद, प्रभुत्ववाद तथा नवउपनिवेशवादको विरोध गर्दै राष्ट्रको विकास, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, समानता र आम जनताका हक अधिकारको पक्षमा दृढतापूर्वक खडा हुने र सङ्घर्ष गर्ने प्रतिबद्धता गरे एकता गर्न सकिने उनको भनाइ छ।
यस्तो छ राजनीतिक प्रतिवेदन
'