Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि जारी

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि जारी

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको तेस्रो केन्द्रीय समिति पूर्ण बैठक आज पनि राजधानीको मिराकल भेन्युमा जारी छ।

बुधबारदेखि सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले विस्तृत राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष नेपालले हालको राजनीतिक सन्दर्भमा कम्युनिस्ट एकता अपरिहार्य भए पनि त्यसका लागि स्पष्ट वैचारिक र संगठनात्मक आधार आवश्यक रहेको बताएका थिए।

उनका अनुसार, विचार, नीति र आचरणमा समानता बिना हुने एकता केवल औपचारिक र अल्पकालीन हुने चेतावनी उनले बैठकमा दिएका थिए।

बैठक कात्तिक १४ गतेसम्म चल्नेछ। यस अवधिमा पार्टीले आफ्नो वैचारिक दृष्टिकोण र सैद्धान्तिक आधार स्पष्ट गर्ने, संगठन पुनर्गठनको कार्ययोजना तय गर्ने र नेतृत्व पुस्तान्तरण सम्बन्धी निर्णयसमेत गर्ने तयारी गरेको स्रोतहरूले जनाएका छन्।

त्यस्तै, हालै देशभर चर्चामा रहेका जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानताका मुद्दाबारे पनि बैठकमा गम्भीर छलफल भइरहेको बताइएको छ। पार्टीले ती मुद्दालाई जनस्तरमा प्रभावकारी अभियानका रूपमा रूपान्तरण गर्ने कार्ययोजना अनुमोदन गर्ने तयारी गरेको छ।

बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र पार्टीको भावी रणनीतिबारे आफ्ना धारणा राख्ने क्रम जारी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077