Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकतामा नजाने घोषणा गरेका झलनाथ र धनश्यामलाई निवासमै बोलाएर प्रचण्डले गरे छलफल

एकतामा नजाने घोषणा गरेका झलनाथ र धनश्यामलाई निवासमै बोलाएर प्रचण्डले गरे छलफल

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । एकतामा नजाने घोषणा गरेका  एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल , महासचिव धनश्याम भुसालसँग माओवादी केन्द्रका संयोजक पुष्पकल दाहाल ‘प्रचण्ड’ ले भेटवार्ता गरेका छन् ।

बुधबार बिहान दुवै नेतालाई निवासमै बोलाएर प्रचण्डले छलफल गरेका हुन् ।

भेटवार्ता सकारात्मक रहेको भन्दै माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने- 'एकडेढ घण्टामा निर्णय आउला। हामीले एउटै केन्द्रमा बस्नुपर्छ भनेर उहाँहरुलाई आग्रह गरेका छौँ,’ प्रचण्डसँगै रहेका श्रेष्ठले नेपालखबरसँग भने, ‘उहाँहरूले हाम्रो पदीय बार्गेनिङ होइन भन्नु भएको छ। नीतिगत रुपमा केही विषयमा छलफल भइरहेको छ। त्यो छलफलपछि मात्रै निष्कर्ष आउँछ।'

माओवादीसहित ९ दलसँग अध्यक्ष माधव नेपालले एकता गर्ने निर्णय गरेपछि खनाल र भुसाल असन्तुष्ट बनेर बेग्लै अभियानमा लाग्ने प्रयास गरिरहेको छन् ।

माओवादी र एकीकृत समाजवादीको एकतामा नजाने घोषणा गरेका खनाल मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुन्डु पुगेका थिए ।

आज दिउँसो १ बजे ९ पार्टीहरूबीच एकता घोषणा हुँदै छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077