Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक प्रज्ञा भवनमा

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक प्रज्ञा भवनमा

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ।

प्रज्ञा भवन केही बेर अघिबाट बैठक सुरु भएको हो।

यसअघि प्रज्ञामै सचिवालयको बैठक बसेको थियो। बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए।

उनले गरेको प्रस्ताव महाधिवेशन आयोजक समिति सदस्यहरूले ताली बजाएर पारित गरेका छन्।

नेकपा एससहित विभिन्न ८ दलसँग गर्न लागेको एकताबारे सचिवालयले गरेको निर्णय अनुमोदन गर्नको बैठक बसेको नेता हरिबोल गजुरेलले बताए।

भोलि एकता घोषणा हुँदै छ। पार्टी एकताको निर्णयमा जनार्दन शर्मा, राम कार्की, सुदन किराँतीसहित नेताहरू एकताको विपक्षमा छन् ।

उनिहरुले अलगै अभियानको घोषणा गर्दै छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077