काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक आज पनि पार्टी मुख्यालय पेरिसडाँडामा बस्दैछ । बैठक केही बेरमै सुरु हुन लागेको हो ।
आजको बैठकमा मुख्य एजेन्डा नेकपा (एकीकृत समाजवादी) सँगको पार्टी एकता प्रक्रिया हुनेछ। 'बैठकमा एकताबारे थप छलफल हुनेछ, हिजोकै बैठकको निरन्तरता हो,' नेता हरिबोल गजुरेलले भने ।
माओवादी केन्द्र र एकीकृत समाजवादीबीच यही कात्तिक १६ गते पार्टी एकता औपचारिक रूपमा घोषणा गर्ने तयारी भइरहेको छ ।
दुवै दलले यसबारे आफ्ना संगठनगत निर्णय गरिसकेका छन् र एकता कार्यान्वयनका लागि अन्तिम रूप दिन छलफलहरू जारी छन् ।