Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

किर्ते पत्र बनाएर प्रतिबन्धित औषधी आयात गरी बिक्री, एमाले नेताहरुलाई सिआइबीको झट्का

किर्ते पत्र बनाएर प्रतिबन्धित औषधी आयात गरी बिक्री, एमाले नेताहरुलाई सिआइबीको झट्का

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । प्रतिबन्ध लगाएका औषधी विदेशबाट आयात गरी बिक्री वितरण गर्दै आएको एक भेट कम्पनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

कान्तिपुर भेट डिष्टिब्युटर्सकी अध्यक्ष सुना सुवेदी बडाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेर अनुसन्धान थालेको हो ।

सो कम्पनीले नक्कली पत्र खडा गरी प्रतिबन्धित औषधी आयात गरी बिक्री वितरण गर्दै आएको छ । यस विषयमा धेरै वर्षदेखि विभिन्न निकायमा उजुरी परेपछि कम्पनीका सञ्चालक ऋषि बडालले रोक्दै आएका थिए ।

पक्राउ परेकी सुना ऋषिकै श्रीमती हुन् । विगतमा उनले अनुसन्धान रोक्दै आएकोमा हाल सरकार फेरिएसँगै सो विषयमा अनुसन्धान अघि बढेको हो ।

कम्पनीका सञ्चालक बडालले ब्रोइलर कुखुरालाई दिइने प्रतिबन्धित औषधीहरु उनले आयात गरेर बिक्री गर्दै आएको सिआइबीका अधिकारी बताउँछन् ।

कम्पनीले औषधी व्यवस्था विभागमा दर्ता नभएका पशुपन्छीको फुड सप्लिमेन्ट, प्रोवायोटिक्स, भिटामिन, मिनरल, टक्सिन वाइन्डर फरक नाममा आयात गरेर बिक्री गर्दै आएको थियो ।

यस्ता सप्लिमेन्ट खुवाइएका कुखुराको मासुले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै रोकिएको थियो । यसका लागि उनले पशु सेवा विभाग अन्र्तगतका कार्यालयको पत्र नै कीर्ते बनाउने गरिएको थियो । यस्तै धन्दाबाट बडालले अरबौंको सम्पत्ति जोडिससकेका छन्।

उनी एमाले नेता केशव बडालका भजित हुन्। यसअघि पनि सिआइबीमा उजुरी परेकोमा तत्कालिन महान्यायाधिवक्ता रमेश बडालले अनुसन्धान रोकेका थिए ।

साथै ऋषि बडालको अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसँग पनि साझेदारी रहेको स्रोत बताउँछ । कान्तिपुर फर्मास्युटिकल्स नामक कम्पनीमा समिकको शेयर छ ।

जसकारण यस घटनामा समिक पनि तानिने सक्ने सिआइबीका अधिकारी बताउँछन् । यही कम्पनीसँगको साझेदारीमा समिकले पछिल्लो वर्ष अस्वभाविक आर्थिक छलाङ मारेको अखिल नेताहरू बताउँछन् । यस विषयमा पहिले नै प्रहरीमा उजुरी परेकोमा अनुसन्धान रोकिदै आएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077