Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बोलाउन माग

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बोलाउन माग

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अधिकांश नेताले केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् ।

निर्वाचनअगाडि समान विचारधारा भएका दलहरूबीच तथा वाम–समाजवादी पार्टीहरूको सहकार्य र एकताबारे विस्तृत रूपमा आन्तरिक छलफल गरी टुंगो लगाउन उनीहरूले बैठकको माग गरेका हुन् ।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, सचिव बलदेव चौधरी, गरिमा शाह, जीवनराम श्रेष्ठ, विजय पौडेल, रामकुमारी झाँक्री, अशेष घिमिरे, दामोदर अर्याललगायत कार्यसमितिका अधिकांश नेताले केन्द्रीय कमिटी बैठकबाट छलफल गरी टुंगो लगाउन सुझाव दिएका छन् ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले एकता गर्दा पार्टीको राजनीतिक दृष्टिकोण, सैद्धान्तिक आधार, पछिल्लो पुस्ताका मागअनुसार राजनीतिक कार्यक्रम तथा दीर्घकालीन प्रभाव पार्ने नेतृत्वका विषयमा विश्लेषण गर्न अविलम्ब बैठक बोलाउन आवश्यक रहेको बताए ।

उनले फरक राजनीतिक पृष्ठभूमि भएका दलहरूबीच एकता गर्दा नीति, नेतृत्व, सक्षमता तथा योग्यताअनुसार नेताहरू व्यवस्थापनलगायत विषयमा सूक्ष्म अध्ययन गर्न पार्टी मातहतका कमिटी, सबै जनवर्गीय संगठनका सुझावलाई प्राथमिकतामा राखेर निर्णय लिन बैठकको मिति र स्थान छिट्टै तय गर्नुपर्ने बताए ।

नेकपा ९एमाले०सहित बृहत् वाम एकता तथा समाजवादी मोर्चा आबद्ध दलहरूबीच एकता गर्ने भन्ने विषयमा नेताहरूबीच फरक–फरक मत छ ।

मुलुकमा विद्यमान संविधान तथा लोकतान्त्रिक प्रणालीको रक्षाका निम्ति आउँदो फागुन २१ गते हुने निर्वाचनमा भाग लिने निर्णय गरेको उक्त पार्टीले भयरहित र निष्पक्ष चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077