Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गलत उद्देश्य लिएर गुन्डु आए अचार र किमा बनाएर फर्काउने महेश बस्नेतको चेतावनी

गलत उद्देश्य लिएर गुन्डु आए अचार र किमा बनाएर फर्काउने महेश बस्नेतको चेतावनी

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओली बस्न आएसँगै गुण्डुको गौरव बढेको बताएका छन् ।

नेकपा एमालेले भक्तपुरको गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भने–‘आज केपी शर्मा ओली आएको कारणले गुण्डु बानेश्वर, कोटेश्वर सरह भएको छ । यहाँका भाडा लाखौं जान थालेका छन् । यहाँका जग्गा आज आनाको ४०–५० लाख जान थालेको छ । केपी ओली आएको कारणले यहाँको गौरव बढेको छ ।’

साथै, उनले ओली प्रधानमन्त्री हुँदा देशमा विकासको आँधिबेहरी नै सिर्जना भएको समेत दावी गरे ।

उनले भने–‘केपी ओली प्रधानमन्त्री भएको बेलामा हामीले विकासको आँधिबेहरी सिर्जना गरेका छौं । केपी ओली गुण्डुमा आएको कारणले ६÷७ वर्षमा आधुनिक भएको गुण्डु अहिले चहलपहल भएको छ ।’

कार्यक्रममा उनले गलत उद्देश्य लिएर गुन्डु आए जो कोहीलाई पनि अचार बनाएर फर्काइदिने भन्दै चेतावनी दिए ।

विरोधीलाई लक्षित गर्दै नेता बस्नेतले गलत नियत राखेर गुन्डु प्रवेश गर्नेहरूलाई गौँडाहरूमा नै अचार बनाएर फर्काइदिने बताए ।

उनले भने–‘गुण्डुमा ड्रोन लिएर आउँछु, बन्दुक लिएर आउँछु । आज पनि आउँछु भनेर सोसल मिडियामा खुबै खोकेका थियौं । डिस्कर्डबाट आपराधिक योजना बनाएका थियौं । गुण्डु गलत उद्देश्यले आयौं भने हात्तिगौडा भन्ने एउटा नाका छ, यता महादेव खोला भन्ने अर्को नाका छ, त्यहिंबाट अचार बनेर फर्किेने छौं । किमा बनेर फर्किने छौं । गलत उद्देश्यले गुण्डुतिर आँखा नतेर्स्याउ आँखा फुट्नेछ । हात नतेर्स्याउ हात भाँचिनेछ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077