Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेताहरूको सम्पत्ति छानबिन सुरु भएकोप्रति राजेन्द्र लिङ्देनद्धारा खुसी व्यक्त

नेताहरूको सम्पत्ति छानबिन सुरु भएकोप्रति राजेन्द्र लिङ्देनद्धारा खुसी व्यक्त

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले शिर्ष राजनीतिक दलका नेताहरूको सम्पत्तिमाथि छानबिन सुरु भएकोप्रति खुसी व्यक्त गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्- 'नेताहरूको सम्पत्ति छानबिनको माँग हामीले लामो समयदेखि गर्दै आएको बिषय हो। अहिले केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको छ। तर छानबिन नेताको मात्र गरेर पुग्दैन उनका परिवार, नातेदार र अन्य निकटसम्मको पनि गर्नुपर्छ।'

लिङ्देनले छानबिन नेताहरूमा मात्र सीमित नभएर उनीहरूका परिवार, नातेदार र निकट सम्बन्ध भएका अन्य व्यक्तिहरूसम्म विस्तार गरिनुपर्ने माग गरेका छन्।

राप्रपाले २०४६ सालपछिका शिर्ष नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने मागलाई लामो समयदेखि उठाउँदै आएको थियो।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077