Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेतले भने- मैले कुलमान जतिको भ्रष्टाचारी कोही देखेको छैन, भतिजोमार्फत अबैध लगानी गरेका छन्

महेश बस्नेतले भने- मैले कुलमान जतिको भ्रष्टाचारी कोही देखेको छैन, भतिजोमार्फत अबैध लगानी गरेका छन्

बुधवार , आश्विन २२, २०८२

काठमाडौं। नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले पहिले भ्रष्टाचारको छानबिन कुलमान घिसिङबाट हुनुपर्ने जिकिर गरेका छन्।

आज आयोजित पत्रकार सम्मेलनमा उनले कुलमान जतिको भ्रष्टाचारी कोही नदेखेको दाबी गरे।

उनले भने- 'मैले कुलमान जतिको भ्रष्टाचारी कोही देखेको छैन। रामेश्वर खनाल जीबाट सुरु गरौं, पूर्व अर्थसचिव हो। कुलमानजीको अख्तियारमा दर्जनौं मुद्दा छ, सम्पत्ति शुद्धीकरणमा दर्जनौं मुद्दा छ । संसदीय समितिमा दर्जनौं मुद्दा छ, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने ?'

भतिजोमार्फत लामा कन्ट्रक्सनमा कुलमानले लगानी गरेको बस्नेतले दाबी गरे ।

सुटबुट लगाएर बाढीपहिरो निरीक्षण गरेका कुलमानको नाटक सूर्यविनायक-धुलिखेल सडकखण्ड हेर्दा प्रस्ट हुने बस्नेतले वताए।

बस्नेतले भने- 'सूर्यविनायक-धुलिखेल सडकखण्डमा कुलमानको भतिजोको ६० प्रतिशन लगानी छ। भतिजोमार्फत भएको अप्रत्यक्ष लगानीको लामा कन्ट्रक्सनलाई भुक्तानी गर्नुपर्नेछ।यसैमा कुलमानले दबाब दिने गरेका छन्।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077