काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद विकास ऐन २०७७ अनुसार निवर्तमान सदस्यसचिव सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
सदस्यसचिवका लागि २७ जनाले दरखास्त दिएकोमा सिफारिस समितिले सिलवालसँगै भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपाका केन्द्रीय सदस्य समेत रहेका लिलबहादुर थापालाई सदस्यसचिवका लागि सिफारिस गरिएको थियो ।
Leave a Reply