Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • जिबी राईको राहदानी रद्द गर्न अदालतको आदेश

    जिबी राईको राहदानी रद्द गर्न अदालतको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, ४ माघ २०८१
  • 279
    SHARES

    कास्की । गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) को राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।

    शुक्रबार न्यायाधीश हिमाल बेलबासेको एकल इजलासले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश दिएको हो ।



    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पूर्व व्यवसायिक साझेदार समेत रहेका राईलाई देशका विभिन्न सहकारीमा ठगी गर्दै सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोप छ ।

    उनी हालसम्म पनि पक्राउ परेका छैनन् । सूर्यदर्शन सहकारीको १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले गतवर्षको असोज १८ गते जिबी राईलगायत १९ जनाविरुद्ध मूल मुद्दा दर्ता गराएको थियो ।

    जिबी राईसहित १९ जनाविरुद्ध पुस ५ गते पनि थप अभियोजन दर्ता गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार