Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • कैलालीबाट चितुवाको छाला र दाँतसहित बिहारे पक्राउ

    कैलालीबाट चितुवाको छाला र दाँतसहित बिहारे पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ माघ २०८१
  • 564
    SHARES

    कैलाली । कैलालीमा चितुवाको छाला र दाँतसहित एकजना पक्राउ परेका छन् ।

    जिल्लाको भजनी नगरपालिका-३ ठेकिपुरबाट सुदूरपश्चिम प्रदेश प्रहरीको टोलीले चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरीलाई पक्राउ गरेको हो ।



    उनलाई कालो प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थामा चितुवाको छाला र दाँतसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार बरामद गरिएको छाला ४ फिट ४ इन्च लम्बाइ र १ फिट १० इन्च चौडाइको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार