Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • सेनाको अधिकृत हुँ भन्दै तीन लाख ठगी, कार्की समातिए

    सेनाको अधिकृत हुँ भन्दै तीन लाख ठगी, कार्की समातिए

    अनलाइन नेपाल
  • शुक्रबार, ४ माघ २०८१
  • 285
    SHARES

    काठमाडौं । नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

    रामेछापको मन्थली नगरपालिका-३ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ थिमीमा बस्ने ३० वर्षीय राजु कार्की पक्राउ परेका हुन् ।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कार्कीले नेपाली सेनाको अधिकृत भएको बताउँदै जग्गा पास गराइदिने भनेर पीडितसँग ३ लाख रुपैयाँ लिएका थिए ।

    रकम लिएर फरार भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए । उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार