Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • गाजाको युद्ध विरामलाई नेपालको स्वागत, विपिन रिहाइको अपिल

    गाजाको युद्ध विरामलाई नेपालको स्वागत, विपिन रिहाइको अपिल

    अनलाइन नेपाल
  • शुक्रबार, ४ माघ २०८१
  • 387
    SHARES

    काठमाडौं । नेपाल सरकारले गाजा क्षेत्रमा बन्धकहरूको रिहाइ र युद्धविरामका लागि भएको सहमतिको स्वागत गरेको छ ।

    परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालले ७ अक्टोबर २०२३ देखि मध्यपूर्वमा जारी घटनालाई नजिकबाट नियालेको बताउँदै हालै भएको युद्धविरामलाई स्वागत गरेको हो ।



    मध्यपूर्वमा भइरहेको तनावपूर्ण घटनाक्रमलाई नजिकबाट अवलोकन गर्दै आएको बताउँदै सरकारले यो सहमति दीर्घकालीन शान्ति र स्थायित्वको दिशामा महत्वपूर्ण कदम भएको जनाएको छ।

    परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा गाजाका जनताका लागि मानवीय सहायता सुनिश्चित गर्न यो युद्धविरामले सहयोग गर्ने विश्वास व्यक्त गरेको छ ।

    साथै, नेपाली विध्यार्थी बिपिन जोशीसहित सबै बन्धकहरूको तत्काल रिहाइका लागि नेपाल सरकारले निरन्तर प्रयास गरिरहेको उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार