Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • चैत १९ भित्र क्रियाशील सदस्यता विवरण बुझाउन कांग्रेसको सर्कुलर

    चैत १९ भित्र क्रियाशील सदस्यता विवरण बुझाउन कांग्रेसको सर्कुलर

    अनलाइन नेपाल
  • शुक्रबार, ४ माघ २०८१
  • 159
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा वितरण गरी चैत १९ भित्र विवरण पठाउन सर्कुलर जारी गरेको छ ।

    महामन्त्री गगन थापा नेतृत्वको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले जारी गरेको सर्कुलरमा चैत १९ गते दिउँसो ३ बजेभित्र शूल्कसहित विवरण बुझाइसक्न निर्देशन जारी गरिएको हो ।



    १५औँ महाधिवेशनका लागि पूर्वसर्तका रूपमा रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरण सकेपछि मात्र अन्य कार्यतालिकामा प्रवेश गर्ने बाटो खुल्छ ।

    ०७८ मंसिरमा १३औँ महाधिवेशन गरेको कांग्रेसको नियमित महाधिवेशनको अवधि आगामी मंसिरमा सकिन्छ ।

    कांग्रेसमा नियमित समयमा महाधिवेशन गर्ने र विधानले दिएका सबै सुविधा उपयोग गर्ने विषयमा संस्थापन र संस्थापनइतरबीत मतभेद रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार