Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • को हुन् वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका व्यक्ति ?

    को हुन् वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका व्यक्ति ?

    अनलाइन नेपाल
  • शुक्रबार, ४ माघ २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    दोलखाको तामाकोशी गाउँपालिका-१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने ४८ वर्षीय ललित कुमार केसीलाई सार्वजनिक गरिएको हो ।



    पक्राउ परेका केसीमाथि ज्यान मार्ने उद्योगमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    माघ २ गते बुधबार दिउँसो पौने ४ बजे काठमाडौं जिल्ला अदालतको दक्षिण गेट बाहिर सार्वजनिक सडक खण्डमा सर्वसाधारणहरूको भिड रहेको अवस्थामा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार