Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनको ठाडो निर्देशनपछि प्रधानमन्त्री कार्यालयको दृश्य सङ्कलनमा रोक

बालेनको ठाडो निर्देशनपछि प्रधानमन्त्री कार्यालयको दृश्य सङ्कलनमा रोक

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक अघि सञ्चारकर्मीहरूलाई भिडियो खिच्न निषेध  गरिएको छ। 

प्रधानमन्त्री बालेन्द्र साहको निर्देशनपछि सुरक्षाकर्मीले बाहिर रहेका पत्रकारहरूलाई दृश्य सङ्कलन नगर्न रोकेका हुन्।

बैठकमा सहभागी हुन बालुवाटारबाट आइपुगेका प्रधानमन्त्री शाहले आफ्नो भिडियो खिचिरहेको देखेपछि सुरक्षाकर्मीतिर इशारा गर्दै असन्तुष्टि व्यक्त गरेका थिए।

प्रधानमन्त्री कार्यालयभित्र प्रवेश गरेलगत्तै त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूले बाहिर रहेका भिडियो पत्रकारहरूलाई सो स्थानबाट तत्काल निस्कन र दृश्य सङ्कलन नगर्न आदेश दिएका थिए ।

सार्वजनिक सरोकारका सूचना सङ्कलन गर्न पुगेका सञ्चारकर्मीहरूमाथि प्रधानमन्त्रीकै उपस्थितिमा भएको यस प्रकारको व्यवहारले प्रेस स्वतन्त्रता र सूचनाको हकबारे चासो बढाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077