Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारको कडा कदम: राज्यकोषबाट दोहोरो सुविधा लिने पूर्वविशिष्टको विवरण बुझाउन गृहलाई निर्देशन

सरकारको कडा कदम: राज्यकोषबाट दोहोरो सुविधा लिने पूर्वविशिष्टको विवरण बुझाउन गृहलाई निर्देशन

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । सरकारले राज्यकोषको दुरुपयोग नियन्त्रण गर्न कडा कदम चालेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राज्यकोषबाट पूर्वविशिष्ट पदाधिकारीले प्रयोग गरिरहेको सुविधाको विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण आज कार्यालय समयभित्र इमेलमार्फत पठाउन ताकेता गरेको छ ।

हालै गरिएको अध्ययनका क्रममा केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेकोभन्दा बढी सवारी साधन प्रयोग गर्नुका साथै विभिन्न निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला परेको थियो ।

राज्यकोषको दुरुपयोग रोक्न र सुशासन कायम गर्न यस्तो कदम चालिएको हो ।

गृह मन्त्रालयबाट प्राप्त हुने विवरणका आधारमा मापदण्डभन्दा बढी सुविधा लिनेको सवारीसाधन फिर्ता गर्ने र सुविधासम्बन्धी प्रक्रियालाई थप व्यवस्थित बनाउने सरकारको तयारी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077