Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सबै मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले भन्यो - एक दिनभित्रै गाडीको विवरण पठाउनू

सबै मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले भन्यो - एक दिनभित्रै गाडीको विवरण पठाउनू

बुधवार , बैशाख २, २०८३

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सवारीसाधनको यथार्थ अवस्था बुझ्न देशभरका सबै मन्त्रालयलाई गाडीको विस्तृत विवरण पठाउन निर्देशन दिएको छ।

बुधबार प्रशासन शाखाका शाखा अधिकृत आनन्दराम श्रेष्ठद्वारा पठाइएको पत्रमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको सम्पूर्ण विवरण अनिवार्य रूपमा उपलब्ध गराउन भनिएको छ।

सो निर्देशन सचिवस्तरीय निर्णयका आधारमा जारी गरिएको हो।

पत्रअनुसार मन्त्रालयहरू तथा मातहतका विभाग र कार्यालयले प्रयोगमा रहेका, मर्मत भइरहेका तथा सञ्चालन अवस्थाबाहिर रहेका सबै सवारीसाधनको विवरण संकलन गरी पठाउनुपर्नेछ।

कार्यालयले उक्त विवरण बिहीबार कार्यालय समयभित्रै उपलब्ध गराउन समयसीमा तोकेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077