काठमाडौं । गृह मन्त्रालयले मातहतका ४ सहसचिव र ३ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । चैत २२ गतेको निर्णयअनुसार विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा अन्य जिम्मेवारीमा परिवर्तन गरिएको हो ।
निर्णयअनुसार प्रकाश पौडेललाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गरिएको छ। यसैगरी, डा. डिजन भट्टराईलाई जिल्ला प्रशासन कार्यालय बैतडीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा पठाइएको छ भने खडानन्द अधिकारीलाई जाजरकोट प्रशासनको जिम्मेवारी दिइएको छ।
यता, कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुमन घुमिरेलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेललाई इलाममा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापालाई पर्सा सरुवा गरिएको छ भने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई संखुवासभाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।