Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिमाली क्षेत्रमा मतदान हुने सम्भावना न्यून, मतदानस्थल सार्नेबारे गृहले थाल्यो अध्ययन

हिमाली क्षेत्रमा मतदान हुने सम्भावना न्यून, मतदानस्थल सार्नेबारे गृहले थाल्यो अध्ययन

बुधवार , माघ १४, २०८२

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहँदा हिमाली क्षेत्रका मतदानस्थल सार्नेबारे गृहकार्य सुरु गरिएको छ ।

फागुन महिनामा पनि हिमाली भेगमा हिउँपात र अत्यधिक चिसो कायम रहने तथा स्थानीय बासिन्दाहरू जाडो छल्न तलका बेंसी क्षेत्रमा बसाइँ सर्ने भएकाले त्यस्ता स्थानका मतदानस्थल सार्ने विकल्पबारे अध्ययन थालिएको हो ।

निर्वाचनको मितिमा अधिकांश मतदाता उच्च हिमाली क्षेत्रभन्दा तलै रहने सम्भावना रहेकाले मतदानस्थल स्थानान्तरण गर्ने विषयमा प्रारम्भिक गृहकार्य सुरु गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मतदान प्रक्रिया सहज, सुरक्षित र सबै मतदाताको सहभागिता सुनिश्चित गर्न सुरक्षा निकायसँग समन्वय गरी आवश्यक तयारी अघि बढाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077