Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनको अभिव्यक्तिबारे सरकारका प्रवक्ताले भने–सीमाका बारेमा प्रधानमन्त्रीले बोलेको सत्य हो

बालेनको अभिव्यक्तिबारे सरकारका प्रवक्ताले भने–सीमाका बारेमा प्रधानमन्त्रीले बोलेको सत्य हो

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले पहिलो पटक प्रतिनिधिसभा बैठकमा उपस्थित भएर बोलेको सीमा विवादबारे दिएको अभिव्यक्ति सत्य भएको सरकारका प्रवक्ताले दावी गरेका छन् । 

सीमा विवाद लगायतका प्रश्नमा प्रधानमन्त्री शाह पुनः सदनमा जवाफ दिन तयार रहेको बताउँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीले यसअघि संसदमा दिएको अभिव्यक्ति नै सत्य भएको बताएका हुन् । 

आजको मन्त्रिपरिषद बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै प्रवक्ता पोखरेलले भने–‘प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहन्छ । उहाँले अस्ति पनि सदनमा उपस्थित भएर उत्तर दिनुभएको हो । आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनुहुन्छ ।’

१७ जेठको संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भइरहेको छ ।

कतिपय ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने कुरा प्रधानमन्त्रीले बोलेको र त्यो नै सत्य भएको प्रवक्ता पोखरेलले बताए ।

भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ : प्रधानमन्त्री शाह भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ : प्रधानमन्त्री शाह

यो विषय दुई देशबीचको सीमा विवाद मिलाउने कूटनीतिक प्रयासको क्रममा गठित संयन्त्रबाट आएको र त्यो सुन्दा प्रधानमन्त्रीले आफू अचम्ममा परेको बताएको पनि उनको भनाइ छ ।

उनले भने–‘दुई देशबीच सीमा विवाद मिलाउनका लागि विभिन्न संयन्त्रहरु छन् । पहिलादेखि नै बनेको संयन्त्र हो । सीमा विवाद कसरी सल्टाउने भनेर प्रधानमन्त्रीजीले भन्नु भएको छ । यो विषयमा नेपालले पनि डिप्लोमेटिक नोट पठाएको छ, इन्डियाले पनि पठाएको छ । दुई देश बसेर जति पनि सीमा विवाद छ, त्यो मिलाउने कुरा प्रधानमन्त्रीजीले नै भनिसक्नु भएको छ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077