Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विरोधका बावजूद एक अध्यादेश जारी, अन्यबारे कानुनविद्सँग परामर्श लिर्दै राष्ट्रपति

विरोधका बावजूद एक अध्यादेश जारी, अन्यबारे कानुनविद्सँग परामर्श लिर्दै राष्ट्रपति

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । विरोधका बावजूद ६ मध्ये एक अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले आज जारी गरेका छन् । 

सरकारले सिफारिस गरेका ६ मध्ये सहकारी ऐन संशोधन अध्यादेश जारी हुँदा अन्य ५ अध्यादेश प्रमाणीकरण हुन बाँकी छन् ।

संसद छलेर सरकार अध्यादेशको बाटोमा लागेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला अरु अध्यादेश के गर्ने भनी परामर्श लिन राष्ट्रपति पौडेल संविधानसम्बन्धी जानकार ८ वरिष्ठ कानुनविदसँग छलफलमा बसेका छन् । 

राष्ट्रपति कार्यालय स्रोतका अनुसार पूर्वमहान्यायाधीवक्ता महादेव यादव,  शम्भु थापा, शेरबहादुर केसी, पूर्णमान शाक्य, टिकाराम भट्टराई, बिपिन अधिकारी, भीमार्जुन आचार्य र ललित बस्नेतसँग राष्ट्रपति पौडेलले परामर्श लिइरहेका छन् ।

गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए । 

तर संसद् अधिवेशन चलिरहेका बेला अध्यादेश ल्याउन नमिल्ने भएपछि सरकारले रोकेको थियो। 

त्यसपछि सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने अध्यादेश र वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धि अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । 

जसमध्ये आज सहकारीसम्बन्धी अध्यादेश मात्रै राष्ट्रपति पौडेलले जारी गरेका हुन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077