Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी

शनिवार , बैशाख १९, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज थप तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्। 

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार जारी गरिएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ रहेका छन्।

राष्ट्रपति पौडेलले यसअघि सहकारी, खरिदसम्बन्धी अध्यादेश र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश  पनि जारी गरेका थिए ।

यता संसद छलेर सरकार अध्यादेशको बाटोमा लागेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

सरकारले बोलाइसकेको सदन रोकेर अध्यादेशको बाटो रोजेपछि विपक्षीहरूले विरोध जनाइरहेका छन्। 

यसबारे राष्ट्रपतिले बिहीबार अध्यादेशबारे संविधानविद्हरूसँग परामर्श गरेका थिए ।करिब २ घण्टाको छलफलमा दुई पटकसम्म फिर्ता गरेको अध्यादेश पनि हुबहु आएको भन्दै त्यसबारे के निर्णय लिने भन्नेबारे पौडेलले सोधेका थिए । संविधानविद्हरूले भने संविधानको सीमामा रहेर कदम चाल्न उनलाई सुझाएका थिए । 

त्यसपछि नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम तीन अध्यादेश जारी गरेका हुन्।

सरकारले संवैधानिक परिषद्सहितका अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सरकारले सिफारिस गरेको थियो । उक्त अध्यादेशबारे भने राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077