Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तत: राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

अन्तत: राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले २ दिनअघि बैठक तथा सिफारिसमा राखिएका गणपुरक प्रावधानलगायतको विषयमा पूर्ववत अडानसहित अध्यादेश फिर्ता गरेका थिए ।

अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद्‍मा ३ जनाले नै निर्णय गर्नसक्ने प्रावधान राखिएको छ । यो प्रावधानले बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था कानुनले खण्डित हुन नहुने राष्ट्रपतिको अडान थियो

त्यसैले राष्ट्रपतिले सोमबार पुनर्विचारका लागि फिर्ता पठाएका थिए ।

तर, सरकारले संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बैठक तथा सिफारिस कार्यविधि सुधारको प्रावधानसहित अध्यादेश स्वीकृतका लागि केही परिमार्जनबिना अध्यादेश जस्ताको तस्तै पुन: राष्ट्रपतिको पठाएको थियो ।

सरकारबाट पुन: सिफारिस गरिएपछि राष्ट्रपति अध्यादेश जारी गरेका हुन् ।

बालेन शाह नेतृत्वको सरकारले राष्ट्रपति पौडेलसमक्ष आठ ओटा अध्यादेश सिफारिस गरेको थियो ।

जसमध्ये सात अध्यादेश यसअघि नै जारी भइसकेका छन् । जसमा सहकारीसम्बन्धी अध्यादेश, खरिदसम्बन्धी अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश, विश्वविद्यालय सम्बन्धी अध्यादेश र नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्।

सरकारले बोलाइसकेको सदन रोकेर अध्यादेशको बाटो रोजेपछि विपक्षीहरूले चौतर्फी विरोध समेत जनाएका थिए। 

यसबारे राष्ट्रपतिले संविधानविद्हरूसँग परामर्श गरेका थिए । करिब २ घण्टाको छलफलमा दुई पटकसम्म फिर्ता गरेको अध्यादेश पनि हुबहु आएको भन्दै त्यसबारे के निर्णय लिने भन्नेबारे पौडेलले सोधेका थिए । संविधानविद्हरूले भने संविधानको सीमामा रहेर कदम चाल्न उनलाई सुझाएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077