Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री शाह भन्छन् - सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्

प्रधानमन्त्री शाह भन्छन् - सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्

मंगलवार , बैशाख १, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने कामना गरेका छन् । आफ्नो सन्देशमा उनले प्राचीन संस्कृत श्लोक उद्धृत गर्दै विश्वव्यापी मंगलकामना व्यक्त गरेका छन् —

“सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥”

प्रधानमन्त्री शाहले नयाँ वर्षले प्रत्येक नागरिकको जीवनमा शुभता, निर्विघ्नता र दुःखको अन्त्य ल्याओस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

उनले यो अवसरलाई सकारात्मक ऊर्जा, आपसी सद्भाव र समृद्धिको मार्गतर्फ अघि बढ्ने प्रेरणादायी क्षणका रूपमा लिन पनि आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077