काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन्।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेनले सांसदहरूसँग छलफल गरेका हुन्।
छलफलमा सांसदहरूसंग प्रदेशका विकास आयोजना, सेवा प्रवाह र संघ-प्रदेश समन्वयसँग सम्बन्धित विषयमा विचार विमर्श भएको बताइएको छ।
बैठकमा बागमती प्रदेशका प्राथमिकता, स्थानीय तहसँगको समन्वय तथा आगामी नीति तथा कार्यक्रम कार्यान्वयनका विषयमा सुझाव आदान-प्रदान गरिएको जनाइएको छ।
यसअघि यसअघि उनले गण्डकी, कोशी, सुदूरपश्चिम, कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए ।