काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका उपाध्यक्ष रामबहादुर थापा ुबादलु ले संसदमा व्यक्त गरेको धारणामाथि कडा टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत पाण्डेले बादलको अभिव्यक्तिलाई ‘षड्यन्त्रका कथाहरू’को संज्ञा दिँदै यसलाई आफ्नै कमजोरी लुकाउने असफल प्रयास मात्र भएको बताएका हुन् ।
उनले देशको अवस्था बिग्रँदा सेना, कर्मचारी वा प्रविधिलाई दोष दिनु ‘हास्यास्पद’ भएको उल्लेख गरे ।
'हिजो संसदमा षड्यन्त्रका लामा कथाहरू सुनियो, सबै दोष अरूलाई थोपरियो,' उनले लेखेका छन्, 'हामी पनि दोषी छौँ—यो अवस्था सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ?'
उनले वर्तमान समस्याको जड आफ्नै शासन शैली र कार्यक्षमतामा रहेको स्वीकार गर्नुपर्नेमा जोड दिए। ‘घेराबन्दीमा पारियो’ भन्ने पुरानो राष्ट्रवादी भाष्य अब अप्रासंगिक भइसकेको भन्दै पाण्डेले अबको वास्तविक राष्ट्रवाद आर्थिक सुधारमा केन्द्रित हुनुपर्ने धारणा राखे।
यस विषयमाउपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराईले समेत बादलको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । सोही अभिव्यक्तिका विषयमा छलफल गर्न आज एमालेको सचिवालय बैठक बस्दैछ ।