Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले महाधिवेशन : संस्थापनइतरबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, अन्य पदमा को ?

एमाले महाधिवेशन : संस्थापनइतरबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, अन्य पदमा को ?

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिने भएका छन् । नेतृत्व चयनका लागि दुवै पक्षले उम्मेदवार टुंग्याउने अन्तिम तयारी तीव्र पारेका छन् ।

संस्थापनइतर समूहबाट अध्यक्षमा ईश्वर पोखरेलको उमेदवारी निश्चित भएको छ । पोखरेलको प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सार्ने सहमति भएको स्रोतले जनाएको छ ।

महासचिवका आकांक्षी गोकर्ण विष्ट र योगेश भट्टराईलाई क्रमशः उपाध्यक्ष र उपमहासचिवको जिम्मेवारीमा समेट्ने सहमतिपछि पाण्डेको नाम टुंगिएको हो ।

उपाध्यक्ष पदमा गोकर्ण विष्टसँगै परशुमेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल प्रतिस्पर्धामा उत्रिने भएका छन् । उपाध्यक्षका लागि अझै एक जनाको नाम टुंग्याउन बाँकी छ ।

उपमहासचिवमा योगेश भट्टराई उमेदवार बन्नेछन् भने बाँकी दुई पदका लागि कसलाई अघि सार्ने भन्ने विषयमा छलफल जारी छ।

त्यसैगरी सचिव पदमा रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे र इन्द्रलाल सापकोटाको नाम चर्चामा छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077